बेहुला चढेने रथले किचिएर बारामा दुई जनाको मृत्यु

बारा । बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर स्थानिय दुई जनाको मृत्यु भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर २ जनाको मृत्यु भएको छ भने, अन्य १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


चथले किचेर मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका प्रहरी नायब निरिक्षक राजेश थापाले बताए ।दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थापाका अनुसार बेहुला लिएर नस्किन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

घाइतेको कलैया अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक थापाले आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला निकाल्ने तयारी हुँदै गर्दा रथ दुर्घटना भएको बताए । बेहुला भने रथमा चढ्न बाँकी नै थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..