अनलाइनको माध्‍यमबाट जुवा सञ्‍चालन गर्ने दुई पक्राउ


काठमाडौं। प्रहरीले अनलाइनको माध्‍यमबाट जुवा सञ्‍चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुङ घर भई काठमाडौंको ठमेलमा ठमेल होस्टल सञ्‍चालन गर्दै आएका राकेश कुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई ठमेलमा बस्‍दै आएका जसपाल सिंह रहेका छन् ।


उनीहरुलाई महानगरीय प्रहरी बृत्त, लैनचौरबाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ठमेलबाट पक्राउ गरेको हो ।प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवासँग सम्बन्धित नगद, चेक, बैंक भौचरलगायतका लिखित सामग्रीहरुसमेत बराममद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..