हत्याको आरोपमा पर्साबाट एक्कै परिवारका पाँचजना पक्राउ

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा एक बालकको हत्याको आरोपमा एक्कै परिवारका ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ६ का ६४ बर्षिय गोवारी राउत अहिर, ५५ बर्षिय नग राउत अहिर, ३२ बर्षिय शत्रुधन प्रसाद यादव, ३० बर्षिय मनमोहन प्रसाद यादव र २५ बर्षिय रोहन प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।


जगरनाथपुर गाउँपालिकाको वडा नं ६ निवासी नागेसर प्रसाद कुर्मीको १२ वर्षिय छोरा मन्टु प्रसाद कुर्मीको घाँटी थिची हत्या गरी फालेको पाँचै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।


ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं.६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पांचै जनालाई पक्राउ गरेको उनले बताए ।पुस २३ गते दिउँसो ४ बजेको समयमा जगरनाथपुर गाउँपालिकाको वडा नं.६ स्थित ऊखु खेतमा घाँटी थिची कर्तव्य गरी मारी फालेको अवस्थामा मन्टुको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको सिलसिलामा पीडितले दिएको किटानी जाहेरी दरखास्त तथा सो सम्बन्धमा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पांचै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।
पक्राउ परेका सबै जना विरुद्ध अपहरण तथा कर्तव्य ज्यान पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..