नेपालको जनसंख्या २ करोड ९२ लाख


काठमाडौं। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या करीब २ करोड ९२ लाख पुगेको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो।

प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिएको हो।

आगामी ६ महीनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने तयारी विभागको छ। यद्यपि, कोरोना महामारीका कारण त्यो केही प्रभावित हुनसक्ने विभागका निर्देशक निर्देशक लामिछानेले बताए।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत ३० भदौदेखि १८ असोजसम्म गरिएको थियो भने २५ कात्तिकदेखि ९ मंसीरसम्म मुख्य जनगणनाको काम गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..