संघ र सातै प्रदेशका सरकारलाई सर्वाेच्चले भन्यो- ‘बजारमा सिटामोल अभाव नहोस्’

काठमाडौं । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई बजारमा सिटामोल औषधिको अभाव हुन नदिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले कोरोना महामारीका बेला सहज रुपमा सिटामोल औषधि उपलब्ध हुने व्यवस्था मिलाउन संघ र प्रदेश सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

केही दिनअघि टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कोरोना महामारीका समयमा बजारमा सिटामोल औषधि अभाव हुनु जनतालाई स्वास्थ्यमा पाउनुपर्ने आधारभूत अधिकारबाट बञ्चित गरिएको भन्दै कुँवरले सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले सामान्य कोरोनाको समयमा बजारमा सिटामोल औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै खिल्ली उडाइएको रिटमा उल्लेख गरेका छन् ।

मंगलबार उक्त रिट निवेदनमाथि न्यायाधीश शर्माको इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउन भन्दै बजारमा सिटामोल अभाव हुन नदिन आदेश दिएको छ । यस सन्दर्भमा सर्वाेच्चले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने भन्नेबारे छलफल गर्न डाकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..