‘महाभारत’ का कृष्णले गरे सम्बन्ध विच्छेद

एजेन्सी । बलिउड अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्य अलग हुने खबर सेलाउन नपाउँदै अर्का अभिनेताले पनि आफ्नो वैवाहिक सम्बन्ध टुंग्याएको खबर सार्वजनिक भएको छ।भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार अभिनेता नितिश भारद्वजले १२ वर्षदेखिको आफ्नो वैवाहिक सम्बन्ध टुंग्याउने भएका हुन्। नितिश चरित्र अभिनेताका रूपमा नाम कहलिएका कलाकार हुन्।

तर उनलाई बिआर चोपडाको ‘महाभारत’ श्रृंखलामा कृष्णको भूमिकाकै लागि अहिलेसम्म चिनिन्छ।नितिशले बम्बई टाइम्ससँगको अन्तर्वार्तामा पत्नी स्मिता गेटसँग सम्बन्ध विच्छेदको जानकारी दिएका हुन्।उनका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, ‘म यति मात्र भन्न सक्छु कि कहिलेकाहीँ डिभोर्स मृत्युभन्दा बढी पीडादायी हुन्छ। तपाईं भाँचिएको हाड लिएर बाँचेजस्तो हुनुहुन्छ।’

उनले थप भनेका छन्, ‘अझ सबभन्दा धेरै त बच्चाहरूलाई पीडा हुन्छ। परिवार टुट्दा उनीहरूलाई हुने पीडा बयान गर्न सकिँदैन। त्यसैले दुईमध्ये एक मात्र अभिभावकले भए पनि सकेसम्म यो पीडा कम गराउन जरूरी हुन्छ।’
उनले बम्बई उच्च अदालतमा डिभोर्सका लागि आवेदन दिएका छन्। नितिश र स्मिताका जुम्ल्याहा छोरीहरू छन्।नितिश र स्मिताको सन् २००९ मा बिहे भएको थियो। १२ वर्ष लामो सम्बन्ध उनीहरूले किन टुंग्याए भन्नेबारे जानकारी छैन।


नितिशको यसअघि फेमिना पत्रिकाकी तत्कालीन सम्पादन विमला पाटिलकी छोरी मनीषा पाटिलसँग बिहे भएको थियो। सन् १९९१ मा बिहे गरेका उनीहरू सन् २००५ मा अलग भएका थिए। उनीहरूका एक छोरा र छोरी छन्।
यसपछि नितिशले आइएस अफिसर स्मिता गेटसँग बिहे गरेका थिए।
५८ वर्षीय नितिश सत्तारूढ भाजपासँग पनि आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..