हास्य कलाकार मनोज गजुरेलमाथि ठगी प्रयास !

काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेमाथि अन्तर्राष्ट्रिय ठग गिरोहबाट ठगीको प्रयास भएको छ ।

उनले सामाजिक संजाल फेशबुकमा आफूमाथि ठग्ने प्रयास भएको जानकारी दिएका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोवाइल स्क्रिन सट सार्वजनिक गर्दै ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन् ।

गजुरेलका अनुसार ठगी गिरोहले फोन गरेर ‘म काैन बनेगा करोडपति मार्केटिङ अफिसर राहुल’ भनेको र उनीसँग कुराकानी अघि बढाउँदा तपाईँको नम्बर भाग्यशाली नम्बरमा १ लाख परेको र उक्त पैसा निकाल्नुअघि तपाईँले पैसा पठाउनु पर्ने भनेको उल्लेख गरेका छन् ।

सोका लागि पैसा पठाउनका लागि एनआईसी एशिया, ग्लोबल आइएमई, प्रभू बैंक, इभरेष्ट बैंक इत्यादि प्रयोग गर्न सक्नुहुनेछ भनी बताउँदै यदी नभए खाता खोल्न या खात नम्बर दिलाउन उक्त गिरोहले अनुरोध गरेको उल्लेख गरेका छन् ।

तर आफूले ठग भनि पहिचान गरिसकेकोले आफू नफसेको उनले उल्लेख गरेका छन् । नेपालमा चेतनाको कमी, अनभिज्ञता र अर्थिक प्रलोभनका कारण अनलाईन ठगी हुनेहरुको संख्या बढ्दो छ । दिनहुँ जासो यसरी धेरै नेपालीहरु ठगिने गरेको नेपाल प्रहरीलेसमेत बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..