महाेत्तरी । सशस्त्र प्रहरी बल नेपालले आफ्नो बार्षिकाेत्सवकाे उपलक्ष्यमा यसपटक मधेस प्रदेश स्थित नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) गणेश ठाडामगरलाई उत्कृष्ट बाहिनीपतिकाे अवार्ड प्रदान गरेको छ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडामगरलाई उक्त अवार्डले सम्मानित गरे। साे अवार्ड मधेस प्रदेशले पाउनुकाे पछाडि ठाडामगर यस प्रदेशमा आएपछि उनले गरेका कार्यले नै हो भन्ने कुरामा बिबाद छैन ।
अर्थात उनलेे नेतृत्व सम्हालेकाे छाेटाे अवधिमा बिगतमा भन्दा ७७. ४८ प्रतिशत अर्थात १५ करोड ८ लाख ४२ हजार ५९१ रूपैयाँ बराबरको तस्करीको सामान बरामद गरि भन्सार दाखिला भएको बाहिनीले जानकारी दिएको छ। त्यसैगरी १० ,४१ , ७२ , ८६ , ०६३ बढीको भन्सार राजश्व संकलन भएको भने ४९ , ९३ , ८१०१ बराबरको अबैध चाैपाया भन्सार दाखिला भएको छ।
त्यसैगरी ६९ २७ , ८७० बराबरको १८४०.०१ क्युफिट अबैध काठ बरामद भएको छ। ११२५९ पिस लागुऔषध , १२१७.७५ केजी गांजा , ८ ,३५,९४० रूपैयाँ बराबरको सुन र चांदी , ७९.४६.०९६ अबैध मुद्रा , १.१५.००० जाली नाेट बरामद भएको छ।
त्यसैगरी ६० बिगाहा ७ कठ्ठा १० धुरमा लगाएको गांजा खेती नष्ट गरिएको छ भने २२ जना चेलीबेटीकाे उद्दार गरिएको छ। २ नाल हतियार र ५२ जना ब्यक्ति पक्राउ परेका छन् भने चाेरीका सवारीसाधन , ड्राेन क्यामारा लगायतका सामानहरू पक्राउ गरिएको छ।


