धारीलो हतियार प्रहार गरी श्रीमतिको हत्या


सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का ३२ बर्षीय कालु प्रसाद उराउलाई धारीलो हतियार (तरवार) प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

माघ ७ गते राती १२ बजे उराउले आफ्नै श्रीमति ३२ बर्षीया चन्द्रकला उराउलाई तरवारले घाँटी तथा शरिरको बिभिन्न भागमा प्रहार गर्दा चन्द्रकलाको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकहरीबाट प्रहरी टोली खटि कालु प्रसाद उराउलाई नियन्त्रणमा लिएको छ ।

निज कालु उराउ मानसिक रोगि भएको बुझिन आएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईहरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..