लागूऔषधसहित ३ जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका-४ का २७ बर्षीय पूर्णलाल लिम्वु रहेका छन् । हिजो राति ८ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ५ ग्राम प्रतिवन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..