भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक

काठमाडौं । सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो ।


शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माज्ञ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।

पछिल्ला दिन ओमिक्रोन भेरिएन्ट तीव्र भएपछि सरकारले काठमाडौं उपत्यका लगायत देशभर कडाई गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबार मध्यरातबाट सवारी साधनका लागि जोर बिजोर प्रणाली समेत लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..