संसद् चल्न नदिने हो भने भंग गरेर चुनावमा जानुपर्छ : माधव नेपाल

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘संसद् चल्न नदिने हो भने भंग गरेर र चुनावमा जानुपर्ने धारणा ब्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संसद खुलाउन धेरै प्रयास भएको र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट (ओली निवास) मै गएको बताए।

कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष नेपालले भनेका छन्, ‘संसद खुलाउन धेरै प्रयास भएको छ, प्रधानमन्त्री देउवाजी ओली निवास (बालकोट)मै जानु भयो। त्यति गर्दा पनि टेर्दैनन् भने ओलीलाई कसले सम्झाउने ? अब जनतामा जान दिनुपर्छ।’

कुराकानीमा अध्यक्ष नेपालले अब चुनाव नै अन्तिम विकल्प रहेको भन्दै ओलीलाई दण्ड दिनकै लागि भए पनि जनतामा जानुपर्ने बताए। ‘अरू केही उपाय छैन । दण्ड दिएर प्रतिपक्षमा झार्नुपर्छ,’ नेपालले भने, ‘त्यसपछि बल्ल तह लाग्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..