क्यासिनोमा नेपालीलाई खुल्ला हो


कलैया । काेरना महामारीको कारण अहिले नेपाल मात्रै हाेइन विश्व नै आक्रान्त बनेको छ। काेरनाकाे तेस्रो लहरकाे कारण सबैभन्दा बढी हाम्रो छिमेकी राष्ट्र भारत आक्रान्त बनेको छ। खुल्ला सिमानाका कारण दैनिक हजारौं भारतीय नेपाल आवतजावत गर्छन् भने नेपालीहरू पनि सयौंको संख्यामा भारतीय भूमिमा जाने गर्दछन।

यो कारणले पनि नेपालमा काेरनाकाे महामारी नेपालमा भयावह हुने देखिन्छ । काेरना महामारीको नियन्त्रण गर्नकाे लागि नै सरकारले सिनेमाहल , जिमहल देखि पार्टी प्यालेसमा २५ जनाको संख्या ताेकेकाे छ भने स्कुल र कलेज बन्द गरिएको छ। साेचे भन्दा बढी द्रुतगतिमा काेरना नेपालमा फैलिएको कुरामा दुई मत छैन ।

तर यस्तो भयावह अवस्थामा पनि नेपालमा संचालित क्यासिनोहरू भने अझै सुचारु मात्रै हाेइन धेरै मिनी क्यासिनोमा त यो महामारीको फाइदा उठाउदै खुलेयाम नेपालीहरूलाई प्रवेश गराइएको भेटिएको छ।


यस्तो महामारीको समयमा बाराको सिमरा स्थित इच्छा हाेटलमा संचालित क्यासिनोमा नेपालीहरूकाे प्रवेश व्यापक भैरहेको समेत खुलेको छ। स्माइल कलेक्सन नामक कम्पनीकाे नाममा संचालित उक्त क्यासिनोमा इलाका प्रहरी कार्यालय सिमराकाे संरक्षणमा नेपालीहरूकाे प्रवेश सहज भएको समेत प्रहरीले नै जानकारी दिएका छन् । इप्रकाका डिएसपी मनाेजित कुवरकाे संरक्षणमा नेपालीहरू क्यासिनो प्रवेश गरेको र भएको सूचना दिएपनि छापा नहान्ने र पक्राउ नगर्ने गरेको साेही इप्रकाका एक सईले जानकारी दिए।

उनले भने , डिएसपीका घुमुवाकाे बसउठ नै साेही क्यासिनोमा हुनेगर्छ ताकि जिल्ला वा प्रदेश प्रहरीको टाेली छापा हान्न अाए नेपालीहरू लुकाउन सकियोस् । इच्छा क्यासिनोकाे नामले यो चिनिने गर्छ। साेही क्यासिनोमा पहिले लेखापालकाे रूपमा रहेका जय कुमार ठगुन्नाले अहिले साे क्यासिनो संचालन गर्दै आइरहेका छन् ।

पहिले लेखापाल र पाँच प्रतिशत शेयर भएका ठगुन्नाले अहिले उक्त क्यासिनो मासिक ७० लाख तिर्नेगरि ठेक्कामा लिएको समेत थाहा भएको छ। सरकारलाई तिर्नुपर्ने राेयल्टी र हाेटललाई तिर्नुपर्ने भांडा बाहेक मासिक ७० लाख तिर्नेगरि उनले ठेक्कामा लिएको स्टाफहरू बताउँछन् ।

उक्त क्यासिनोमा गत बर्ष काेरनाकाे महामारीको समयमा पनि नेपालीहरू प्रवेश गराई जुवा खेलाएकाे कुरा सार्वजनिक भैसकेको छ।हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकाे छिमेकी भएको कारण डिएसपीहरूका लागि अति उत्तम मानिने इप्रका सिमरा काज हानेर जान सफल उनको दरबन्दी पनि त्यही भएको छ। यसअघि पर्सामा कार्यरत हुदां कुवर आर्थिक लेनदेनका कारण धेरै बिबादमा परेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..