शान्ति मिसन:दक्षिण लेबनानमा खटिएकाे नेपाली सेनाले बनायाे कृषि पाेखरी र उद्यान

काठमाडाैं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण लेबनानमा खटिएको नेपाली सेनाको बर्दबहादुर गणले कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ ।

पूर्वी क्षेत्रका कमाण्डर रथी अरमाडा भेजक्वोज, नेपाली सेनाका महासेनानी कमल बानियाँ र ब्लिदाका मेयर हसन हिजाजीले संयुक्त रुपमा परियोजनाको उदघाटन गरे ।गणले ३१ ह्जार २ सय अमेरिकी डलर लागतमा बनाएकाे पोखरी र उद्यान हालै मात्र हस्तान्तरण गरिएकाे छ ।

महासेनानी बानियाँले परियोजनाले शान्ति सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाएको बताए । नेपाली सेनाले सन् १९५८ देखि लेबनानबाट शान्ति स्थापना कार्यमा सहभागिता सुरु गरेको थियो ।

त्यहाँ कार्यरत बर्दहादुर गणले लेबनानको शान्ति र स्थायित्व कायम गर्न काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..