राहदानी वितरण स्थगित


काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ । उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ ।विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ ।

अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ ।उपचारका लागि विदेशमा जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा राहदानीका लागि इमेल ([email protected]) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्नुपर्नेछ । सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई दिनभित्र इमेलबाटै जानकारी गराउने छ ।

साथै जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..