अबैधऔषधी सहीत २ जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् ।

बिशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी TRAMODOL HYDROCHLORIDE CAPSULE २०,००० ( बिस हजार) ट्याब्लेट बरामद गरेको हो ।

अबैध औषधी सहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..