महालक्ष्मी बिकास बैंकमा निर्वाचन रोकियो

काठमाडौँ । महालक्ष्मी बिकास बैंकमा निर्वाचनको विषयलाई लिएरसमेत लफडा भएको खुलासा भएको छ । योग्यता पुगेका सेयरधनीहरुलाई संचालकको निर्वाचनमा सहभागी नगराउने गरी आफु खुसी गरेको, मिलेमतोमा आफ्नो अभिष्ट पूरा गर्नेगरी केहि व्यक्तिहरुले बैंकमा आफ्नामात्र संचालक लैजान चलखेल गरेको र नियमअनुसार संचालक पदका लागि लड्न खोज्दा हुँदै नभएको बहाना देखाई आफ्नो उम्मेद्वारी रद्ध गरेको भन्दै केहि संचालकहरु अदालत गएपछि अन्तत: अदालतले बैंकको निर्वाचन रोक्न आदेश दिएको हो ।


गिरिराज पोखरेल, प्रमोद श्रेष्ठ लगायत बैंकले मनपरी गरेको भन्दै अदालत गएका थिए ।अदालतले बैंकका नाममा १५ दिनभित्र छलफलका लागि आउनू भनी आदेश जारी गरेको छ ।बैंकले आइतबार साधारणसभा बोलाएको छ ।

साधारणसभामा सकेसम्म यो प्रकरण नआओस् भनेर बैंकले प्री एजीएमका नाममा विभिन्न व्यक्तिहरुलाई बोलाई प्रलोभनमा पारिसकेको चर्चा पनि सुरु भएको छ । यो प्रकरण अदालत पुगेसँगै बैंकभित्र कुन हदसम्मको लफडा चलिरहेको छ र जनताको डिपोजिट राखिएको बैंकमा कुन हदसम्मको समस्या छ भन्ने पुष्टी हुन्छ ।


यो बैंकका अध्यक्षसमेत सेयर विवादमा मुछिएका खबर बाहिर आइरहंदा बैंकमा हुँदै नभएको सुन राखेर धितो राखेको काण्डदेखि राखिएको सुन हराएको काण्डसम्म आइपुग्दा यो बैंक पतनको बाटोमा त पुगेको छैन ? भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..