हत्या आरोप लागेका व्यक्तिलाई जिल्ला अदालतले दियो पाँच मुद्दामा सफाइ

काठमाडौं । कपिलवस्तु जिल्ला अदालतले ६ जनाको हत्याको आरोप लागेका एक प्रतिवादीलाई निर्दोष रहेको भन्दै सफाइ दिने फैसला सुनाएको छ। अदालतले एक व्यक्तिको हत्यामा मात्र आरोपीलाई दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सोमबार पाँच मुद्दामा सफाइ र एक मुद्दामा दोषी ठकर गरेको हो।

‘मोस्ट वान्टेड’ नसिम अहमद खानविरुद्धका कर्तव्य ज्यानका ५ मुद्दामा एकै पटक जिल्ला अदालतले सफाइ दिएको हो। पूर्पक्षका लागि थुनामा रहेका उनीलाई रिहा गर्नसमेत जिल्ला अदालतको फैसलामा भनिएको छ। २०६४ माघपछि ९/१० वर्षयता भएका ६ वटा हत्याकाण्डमा उनको नाम जोडिएको थियो।आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको बहसपछि कपिलवस्तु जिल्ला अदालतले दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै खानलाई सफाइ दिएको हो।

२०६४ चैत ९ मा साविक हथिहवा गाविस–३ का शिवपूजन कुर्मीको हत्या भएको थियो। ओमप्रकाश चौधरीको जाहेरीमा दर्ता भएको मुद्दा ०७६ असार २२ मा मुल्तबीबाट जगाइएको थियो। ०६४ फागुन ६ मा साविक मोतीपुर गाविस–१ का भुवन भनिने प्रेम परियारको गोली हानी हत्या भएको थियो।

शान्ति परियारको जाहेरीमा उक्त मुद्दा ०७५ असार २५ मा मुल्तबी जगाई अदालतीमा सुनुवाइ सुरु गरिएको थियो। ०६५ कात्तिक ७ मा साविक पिपरा गाविसका तत्कालीन सचिव राममिलनप्रसाद गुप्ता र ०६७ वैशाख १३ मा साविक पकडी गाविस–६ का राजेन्द्रप्रसाद तिवारीको हत्या भएको थियो। कुर्मी, परियार, गुप्ता, तिवारीको हत्याको आरोप खानमाथि लागेको थियो। उनी माथि सरिता विकको हत्याको आरोप पनि लागेको थियो।

उनले यी सँगै सरिता विकले जाहेरी दिएको कर्तव्य ज्यान मुद्दामा पनि उनले सफाइ पाएका छन्।
गुप्ता र तिवारी हत्या मुद्दा गत साउन र भदौ अन्तिम साता मुल्तबी जगाएर प्रक्रिया अघि बढाइएको थियो। पारसनाथ कोहार जाहेरवाला रहेको कर्तव्य ज्यान मुद्दामा भने अदालतले खानलाई कसुरदार ठहर गरेको छ। तर उनलाई अदालतले सजाय सुनाउन बाँकी छ। यो विवाद माओवादी नेताको हत्यासम्म पनि जोडिएको छ।

तत्कालीन माओवादी नेता शिवपूजन चौधरीको हत्या अभियोग उनलाई पनि लागेको थियो। यही अभियोग लागेका सुखीनाथ पाण्डे (प्रितम) ०७६ पुस १७ मा अदालतमा हाजिर भई १० लाख धरौटीमा छुटेका थिए। पछि उच्च अदालतले पूर्पक्षका लागि थुनामै राख्नू भनेपछि पाण्डे फरार भएका थिए।


अहिले पाण्डेसँगै जोडिएको मुद्दामा खानले सफाइ पाएका छन्। पाण्डे कांग्रेस कार्यकर्ता हुन्। उनकी श्रीमती सुधादेवी पाण्डे कांग्रेसबाट शुद्धोदन गाउँपालिका उपाध्यक्ष छिन्। त्यस्तै थुनामा रहेका हथिहवामा धर्मेन्द्रसिंह क्षत्रीले पनि कर्तव्य ज्यानका ३ मुद्दामा सफाइ पाएका छन्। सिंह अहिले कारागारमा छन्।खानलाई प्रहरीले ०७६ असार तेस्रो साता काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको थियो। अहिले उनी कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..