काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा मध्य सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, झापामा विश्वमणि पोखरेल, पाल्पामा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवा, कञ्चनपुरमा श्यामसिंह चौधरीलाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।






