नेपालसँग सीमा जोडिएका क्षेत्रलाई भारतले गर्‍यो संवेदनशील क्षेत्र घोषणा


काठमाडौं । भारतको उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका सात जिल्लाका मतदान केन्द्रहरूलाई संवेदनशील घोषणा गरेको छ ।उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा नेपालसँग सीमा जोडिएका जिल्लाहरूलाई संवेदनशील क्षेत्र घोषणा गरेको हो । पिलिभित, महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, बलरामपुर, श्रवास्ती र लखिमपुर खिरी क्षेत्रलाई संवेदनशील मानिएको हो ।


उत्तर प्रदेशका कूल ४०३ विधानसभा सिटका लागि सात चरणमा निर्वाचन हुँदैछ । यीमध्ये नेपालसँग सीमा जोडिएका सात जिल्लाका सहित करिब एक चौथाइ क्षेत्रलाई संवेदनशील घोषणा गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।कुनै क्षेत्रलाई संवेदनशील घोषणा गरिनुका विभिन्न कारणहरू हुन्छन् ।

तीमध्ये राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, आपराधिक तत्व, साम्प्रदायिक र जातीगत तनाव, उग्रवाद प्रमुख छन् ।उत्तरप्रदेशमा पाँच वर्ष अगाडिको विधानसभा चुनावको तुलनामा यस पटक मतदान केन्द्रको संख्यामा करीब दुई प्रतिशतले वृद्धि भएको छ र बुथहरूको संख्या पनि १८.४५ प्रतिशत बढी छ ।

निर्वाचनका लागि ९२ हजार ८२१ मतदान केन्द्र छन् । यी मतदान केन्द्रहरूमा १ लाख ७४ हजार ३५१ बुथ बनाइएको छ ।भारतीय अधिकारीहरूका अनुसार उत्तर प्रदेशका विभिन्न जिल्लामा अपराध कर्मममा संलग्न २७५ जना र जेलमा बन्द रहेका ८६९ जनाको पहिचान गरिएको छ ।

उनीहरूले निर्वाचनमा कुनै न कुनै तरिकाले प्रभावित पार्न सक्ने भएकाले उनीहरूमा कडा निगरानी राख्दै सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..