धमाधम सीडीओ हेरफेर

काठमाडौं । शेरबहादुर देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले दैनिक जसो प्रमुख जिल्ला अधिकारीको सरुवा गरिरहेका छन् । पुस २१ मा ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी र ५ उपसचिवको सरुवा गरेको गृहमन्त्रालयले फेरि शुक्रबार ५ जिल्लामा सीडीओ हेरफेर गरेको छ ।

लगानी वोर्डबाट बुधबारमात्र गृह मन्त्रालयमा तानिएका सुरेन्द्र पौडेललाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । विपिन आचार्यलाई सल्यानको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने सहसचिव हुमकला पाण्डेलाई काभ्रेपलाञ्चोकको प्रजिअका रुपमा खटाइएको छ ।

झापा ताकेका सहसचिव सुमन घिमिरेलाई नवलपरासी पूर्वको सीडीओमा पठाइएको छ । उनलाई झापाको सीडीओ बनाउनका लागि त्यहाँका कांग्रेस नेताहरुले गृहमन्त्रीसमक्ष माग गरेका थिए । तर सुर्खेतको सीडीओका रुपमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको मन जितेकाले छवि रिजालले झापाको प्रजिअ हुने मौका पाएका छन् । गृहका उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

यसअघि सल्यानका प्रमुख जिल्ला अधिकारी रहेकी लक्ष्मीदेवी हुमागाई खतिवडा, कालिकोटका कृष्णप्रसाद आचार्य, काभ्रेपलाञ्चोकका शिवराम पोख्रेल, धनुषाका सीडीओ बन्धुप्रसाद बाँस्तोलालाई गृह मन्त्रालय तानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..