काठमाडौँ । गृहमन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सुर्खेत, झापा, बागलुङ, बझाङ, बाजुरा, ओखलढुंगा, इलाम , दार्चुला, रुकुम पश्चिम लगायतका जिल्लाका प्रजिअ हेरफेर भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा छवि रिजाललाई पठाइएको छ ।
झापामा सरुवा हुने योजनामा गृहमा हतार हतार सरुवा भएका र गृहमन्त्रीले समेत आश्वासन दिएका महानगरपालिकाको भवन ठेक्का अनियमिततामा मुछिएका राजेश्वर ज्ञवालीको मिसन पूरा हुन सकेन । सुर्खेतमा खगेन्द्र रिजाल, बागलुङमा रमेश ढकाल, बझाङमा बाबुराम अर्याललाई खटाएको छ । उपेन्द्र पौडेललाई बाजुराको सीडीओमा पठाइएको छ ।
उनी इलाका प्रशासन कार्यालय बुटवलमा थिए ।त्यसैगरी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने दार्चुलाका सिद्धराज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ ।
ओखलढुङ्गाको प्रजिअमा दिलकुमार तामाङ, रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानाको सरुवा भएको छ ।


