रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–२ ढेकारबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–६ घर भएका ३७ वर्षीय वर्मानन्ध धरिकार र भारत घर भएका ३८ वर्षीय अर्जुन सहनी छन् ।
लु.५५ प २२०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


