सवारी दुर्घटना, २ जनाको मृत्यु


बिराटनगर । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दूई जनाको मृत्यु भएको छ । झापाको, झापा गाउँपालिका-१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका-५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ६ बजेको समयमा धरान-१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान -१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..