रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित पौराई खोला पुलमा पुल निमार्ण हुने भएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय पूर्वाधार विकास विभाग, सडक पूर्वाधार डिभिजन कार्यालय जनकपुर अन्तर्गत निर्माण हुने सो पुल निर्माणको माटो परिक्षण गर्ने कार्य धमाधम भइरहेको नेकपा एमालेका युवा नेता बालकृष्ण सापकोटाले जानकारी दिए ।
१ सय मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको सो पुल निमार्णको लागि माटो परिक्षण, पुलको डिजाइन तथा डिपिआर तयारी भइरहेको र केही महिनाभित्रै वहुवर्षिय ठेक्का मार्फत काम सुरु हुने उनको भनाइ छ । उनले सो पुल समयमै निर्माण सम्पन्न गर्न आफु व्यक्तिगत रुपमानै लागिरहेको जनाउँदै सो पुलको निमार्ण सम्पन्न पश्चात स्थानियलाई आवाजजावतमा सहज विश्वास व्यक्त गरे ।


