ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा डिजिटल कारोबारमा छुट र क्यासब्याक, कार्ड नि:शुल्क दिने

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक दिने भएको छ।बैंकले पुस १५ गतेबाट माघ १५ सम्मका लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने जनाएको छ।


बैंकले पहिलो पटक क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५प्रतिशत अथवा तीन सय रुपैयाँ सम्म क्यासब्याक दिने जनाएको छ।


यो क्यासब्याक सीमित अवधिका लागि हुने बैंकले जनाएको छ। बैंकले ग्राहकको सुविधालाई ध्यान दिएर विभिन्न योजनाहरु ल्याइरहेको छ। बैंकको ७६ जिल्लामा २ सय ७८ शाखा र २ सय ५२ एटीएम छन्।


यो वाहेक २ सय ६३ शाखारहित बैंकिङ सेवा र ४८ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..