चार फर्मलाई उपस्थित हुन राजस्व अनुसन्धानको उर्दी


काठमाडौं। चार व्यवसायिक फर्मले राजस्व छली गरेको शंका राजस्व अनुसन्धान विभागले गरेको छ। सूचना जारी गर्दै विभागले वासुकी निर्माणसहित चार कम्पनीलाई एक साताभित्र उपस्थित हुन बोलाएको छ।

विभागले वासुकीसँगै ललितपुरको त्रिशक्ति ट्रेडर्स, निरज ट्रेड कन्सर्न काठमाडौं र काठमाडौंकै पशुपति ट्रेड कन्सर्नका प्रतिनिधिलाई उपस्थिति हुन सूचना जारी गरेको हो। निर्धारित अवधिभित्र जवाफ दिन उपस्थित नभए हुने कार्बाहीविरुद्ध कतै उजुरबाजुर नलाग्ने जनाएको छ।

विभागले राजस्व छलीको आशंकामा विभिन्न व्यवसायिक फर्ममाथि अनुसन्धान गर्दै आएको छ। यसैगरी यी फर्मलाई पनि अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरेको हो।विभागले सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) छलिको अनुसन्धान गरिसकेको छ।

विभागका अनुसार हाल आयकर र भ्याट छलीको मात्रै १५ सयभन्दा बढी फर्महरुको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..