भरतपुरमा खुल्यो सिएमटी रिसोर्ट


चितवन । चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको हो ।रिसोर्टका प्रवन्ध निर्देशक मदन घिमिरेले रिसोर्टमा ३२ करोड लगानी भएको बताए ।

एक बिघा जग्गामा फैलिएको रिसोर्ट पूर्णरुपमा सन्चालनमा आएको जानकारी उनले सोमबार दिए । एक बिघामध्ये १४ कठ्ठा जग्गा वाणिज्य बैंकको सरकारी जग्गा र बाँकी व्यक्तिको जग्गा भाडामा लिएर रिसोर्ट सन्चालन गरिएको प्रवन्ध निर्देशक घिमिरेले बताए ।

नजिकिंदो क्रिसमस चाड र नेपाली नयाँ वर्ष अगाडि सन्चालनमा ल्याइएको रिसोर्टमा आधुनिक सुविधा सम्पन्न एक्जुकेटिभ कोठासहित ४२ वटा कोठा छन् । उनका अनुसार रिसोर्टमा २५०० सिट क्षमताको इभेन्ट हलसहित अन्य तीन वटा साना हलहरु छन् ।एकैपटक एक सय जनालाई खुवाउन मिल्ने भोजनालय, बार, कफीसप, स्विमिङ पुलको समेत रिसोर्टमा व्यवस्था छ । भरतपुर क्षेत्रमा यतिको क्षमताको अन्य हल र रिसोर्ट नभएको प्रवन्ध निर्देशक घिमिरेले दाबी गरे ।


रेष्टुरेण्टमा सकभर अर्गानिक खाद्यान्न प्रयोग गर्ने लक्ष्य रहेको बताउँदै घिमिरेले अजिनामोटो र रंगहरुको प्रयोग नगरिने बताए । यहाँ नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल र थाई परिकारहरु पाइने घिमिरेले बताए । ग्यासको खपत कम गर्ने गरी बिजुली र बाफबाट खाना पाक्ने प्रविधि किचनमा जोडिएको छ ।


रिसोर्टमा अत्याधुनिक सुविधा सम्पन्न डिस्को बारसहित पार्टी बसको समेत व्यवस्था गरिएको सञ्चालकहरुले बताएका छन् । घिमिरेका अनुसार बसमा चढेर विभिन्न पर्यटकीय स्थलहरुमा गएर विभिन्न पार्टी गर्न सकिने छ । चितवनका पर्यटकीय स्थलहरुमा घुम्न रिसोर्टले सबै प्रकारको समन्वय पनि गर्ने घिमिरेले बताए ।

डिनरको मज्जा लिंदै घरदेखि विभिन्न पर्यटकीय स्थलहरुमा पाहुनाहरुलाई लैजाने र घरसम्म फर्काउने व्यवस्था पनि गरिने उनको भनाइ छ । विभिन्न पारिवारिक जमघटहरु जन्मदिन, एनिभर्सरी, नयाँ वर्ष, क्रिसमस पार्टी, अफिसियल स्टाफ पार्टीहरुमा बससहितको सुविधा राख्ने योजना रिसोर्टको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..