सशस्त्र प्रहरीको स्क्वार्ड टिमद्वारा नक्कली नेपाली रूपैयाँ बरामद


सर्लाही । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश स्थित बाहिनीबाट सर्लाहीमा खटिएको स्क्वार्ड टिम र मलंगवा स्थित बिओपीकाे संयुक्तरूपमा खटिएको समूहले एक लाख पन्ध्र हजार नक्कली नेपाली रूपैयाँ सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ। भारत सितामढी घर भएका अाषिश कुमार र प्रमाेद कुमारलाई उक्त नक्कली नेपाली रूपैयाँ सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतीय नम्बर BR 304 4139 नम्बरकाे माेटरसाइकल मार्फत मलगंवा भन्सार हुदै भारत तर्फ लागेका उनीहरूकाे क्रियाकलाप शंकास्पद लागेपछि सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नक्कली नेपाली रूपैयाँ पक्राउ गरेको जानकारी सर्लाही स्थित सशस्त्र प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..