नक्कली नेपाली नोटसहित २ भारतीय नागरिक पक्राउ


रौतहट । नक्कली नेपाली नोटसहित २ जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा ८ नरकटियामा चेकजाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित भारत बिहारका विकाश जयसवाल र अजय प्रसादलाई पक्राउ गरेको हो ।

रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेका अनुसार उनीहरुको साथबाट १ हजार को दरको ६९ थान र रु ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो ।

पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..