शिक्षा र स्वास्थ अझैपनी आम जनताको पहुँच बाहिर : पुर्व उपप्रधानमन्त्री यादव


महोत्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि आम जनताको पहुँच बाहिर रहेको बताउनु भएको छ । महोत्तरीको रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली को उदघाटन गर्नु हुँदै अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको यश भागका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गर्नु भयो ।
सरकारले समेटन नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुचको चाहना पूरा गर्नेमा आफू बिस्वश्त रहेको उहाँ को कथन थियो ।


कार्यक्रमका बिशिस्ट अतिथी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०० बेडको यो अस्पतालले यश भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिनु भयो ।


अस्पतालका संचालक समेत रहनु भएको पुर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा ज स पा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव ,आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह,पुर्व कृषि मन्त्री हरि नारायण यादव, पप्रदेश सदस्य कौशल यादव , संजय यादव लगायतका विभिन्न पार्टिका नेताहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..