बाराबाट ठूलो परिमाणमा सालको काठ बरामद


कलैया । डिभिजन वन कार्यालय बाराले ठूलो परिमाणमा लुकाई छिपाई राखिएको सालको काठ बरामद गरेको छ । मधुवन सब डिभिजन वन कार्यालयका फरेस्टर मुकेश कुमार दासको नेतृत्वमा खटिएको टोलीले बाराको जितपुर सिमरा उप महानगरपालिका–१६ टाँगियावस्ती छेउछाउको जङ्गलभित्र झारपातमा लुकाई छिपाई राखिएको बल्लाबल्ली साइजको सालको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय बारा अन्तर्गत रहेको सब डिभिजन कार्यालय मधुवन, ककडी, बधुवन पोष्टको कर्मचारीहरुको संयुक्त गस्ती टोलीले १९ गते ११ थान सालको काठ ५६ क्युफिट बरामद गरेको छ ।यसैगरि मधुवन सब भिडिजन कार्यालयको टोलीले २० गते राति करिब १२ः१० बजेको समयमा २ थान सालको गोलिया ८.६६ क्यूफिट तथा २१ गते ५ थान सालको गोलिया ३१.१८ क्यूफिट बरामद गरेको मधुवन सव डिभिजन वन कार्यालयका फरेष्टर मुकेश कुमार दासले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाको आधारमा खटिएको वन गस्ती टोलीले ३ दिन रातिको समयमा उक्त क्षेत्रबाट करिब ९५ क्यूफिट बढी सालको गोलियासहित काठ तस्करहरुले प्रयोग गर्ने गरेको साइकल तथा आरा समेत बरामद गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..