कर्णाली प्रदेशमा मन्त्रालय भागबन्डाको किचलो : ४ मन्त्रालय नदिए माओवादी सरकारबाट बाहिरिने

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धन दलमा मन्त्रालय भागबण्डाको किचलोले नेकपा माओवादी केन्द्र सरकारबाटै बाहिरिने निर्णयसम्म पुगेको छ ।

नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री पद बचाइदिएका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादीलाई ४ मन्त्रालय नदिए सरकारमा नबस्ने भनेपछि हल्लाखल्ला सुरू भएकाे छ ।

गठबन्धनबाट मुख्यमन्त्री बनेका कर्णालीका नेपाली कांग्रेसका प्रदेश संसदीय दलका सभापति जीवनबहादुर शाहीले माओवादीले मागेजति मन्त्रालय दिन नसक्ने भनेका छन् । तर, कर्णाली प्रदेश माओवादी संसदीय दलका नेतासमेत रहेका शाहीले भने आफूहरु प्रदेशको सबैभन्दा ठूलो दल भएकाले ४ मन्त्रालय पाउनुपर्ने नत्र बाहिरिने अडान राखेका छन् ।

एमालेबाट बाहिरिएर नयाँ दल बनेको नेकपा (एकीकृत समाजवादी) ले पनि ३ मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री शाहीले माओवादीले मागे जति मन्त्रालय दिन नसकिने बताएका छन् । र, उनले आफ्नै दल कांग्रेसलाई पनि ३ मन्त्रालय राखेका छन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनकै लागि माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका छन् । तर, ४ मन्त्रालय नपाए एक मन्त्रीलाई पनि फिर्ता बोलाउने शाहीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..