शंकर पोखरेललाई मेटमणि चौधरीको चुनौती : दाङमा मसँग चुनाव लडेर देखाउनुस्

बुटवल । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कडा चुनौती दिएका छन् ।

शुक्रबार पार्टीको जिल्ला भेलामा चौधरीले पोखरेललाई दाङको जुनसुकै निर्वाचन क्षेत्रमा पोखरेलसँग चुनाव लड्न तयार रहेको भन्दै आगामी निर्वाचनमा प्रतिस्पर्धा गरेर देखाउन पोखरेललाई चुनौती दिए ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल २०७४ को निर्वाचनमा आफूसँग हारिने डरले क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको पनि चौधरीले आरोप लगाए ।

अब, आगामी निर्वाचनमा पोखरेलले दाङको जनताले हराइदिने पनि चौधरीले ठोकुवा गरे । चौधरीले समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..