नाडाको अध्यक्षमा ध्रुव थापाले सार्वजनिक गरे उम्मेदवारी

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुब थापाले प्यानल घोषणा गरेका छन्। १८ सदस्यीय कार्यसमितिका लागि थापाले नाडाको इतिहासमै यस्तो समावेशी प्यानल पहिलोपटक बनेको थापाले दाबी गरे। थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बीएन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस्. कंसाकार, सञ्जयकुमार खेतान छन्।
समूहले ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डेटा हब निर्माण, सामाजिक उत्तरदायित्व विस्तार गर्ने प्रतिबद्धता गरेको छ।

‘सबै प्रदेशका साथीहरुसँग अन्तरक्रिया गर्दै आएका छौं। देखिएका समस्याहरुलाई सम्बोधन गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने।थापाको प्यानलले प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निर्माणका लागि पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने जिकिर गरेको छ। नाडाको नयाँ नेतृव्वका लागि करण चौधरीले बुधबारै प्यानल घोषणा गर्दै उम्मेदवारी सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..