चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको फोटो ल्यावमा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामानको बिलविजक नभेटिएपछि बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
गाँजा पक्राउ
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका ११ स्थित ईलाकाबाट मंसीर ५ गते सशस्त्र प्रहरी करीव तीन के.जी. गाँजासहित सोही ठाउँ बस्ने ३७ वर्षिय दिनेश मुखियालाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला पारेको हो । पक्राउ परेका मुखियालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
काठ बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका १ स्थित जंगल ईलाकाबाट मंसीर ५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैैयाँ बराबरको सालको काठ बरामद गरेको छ । उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय जानकी नगरमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..