कांग्रेस रूपान्तरणका लागि युवानेता शाहीको ३० बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टी रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी युवानेता शाहीले महाधिवेशन नेतृत्व परिवर्तनका लागि मात्र नभई विचार र सिद्धान्तका लागि हुनुपर्ने बताए। पार्टीलाई नयाँ उचाइमा लैजान पार्टी नेतृत्व गम्भीर नभएको उनको भनाइ थियो।

‘यो महाधिवेशनमा नेताको मात्रै कुरा भयो। पदको लागि मात्रै कुरा भयो। कांग्रेसलाई अग्रगति, गतिशील बनाउन, पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन के गर्ने? भन्ने बारेमा कुनै छलफल भएन,’ उनले प्रस्ताव सार्वजनिक गर्दै भने।
शाहीले गुटबन्दी तथा नातावादको अन्त्य गरी योगदानका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।
आर्थिक हैसियत र पहुँचका आधारमा कार्यकर्ताको इमान र योगदानका आधारमा कार्यकर्तालाई स्थान दिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..