काठमाडौँ । भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल(बिमस्टेक) सदस्य मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सहभागी गराउन पहल सुरु गरेको छ।भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसका अनुसार साउथ ब्ल्कले बिमस्टेक देशका सरकार प्रमुख वा राष्ट्रप्रमुख उक्त कार्यक्रममा सहभागी हुने नहुने भन्ने बारेमा निश्चित गरिरहेको छ। गणतन्त्र दिवसमा सहभागी हुने पाहुनाको बारेमा निश्चित भएसँगै उनीहरूलाई औपचारिक रूपमा पत्र पठाइने र उनीहरूको नाम सार्वजनिक गरिने जनाइएको छ।
कार्यक्रममा नेपालसहित भुटान, बंगलादेश, म्यानमार, श्रीलंका, र थाइल्याण्डका सरकार प्रमुख वा राष्ट्र प्रमुख सहभागी हुने सम्भावना रहेको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गर्दा सन् २०१९ मा बिमस्टेक मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखले सहभागिता जनाएका थिए। सहभागीमध्ये कतिपय देशका सरकार प्रमुख र राष्ट्रप्रमुख परिवर्तन भइसकेका छन्।
भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवा पनि मुख्य अतिथि
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन
जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


