सुन्दरहरैंचा । मोरंगको सुन्दरहरैंचास्थित पूर्व पश्चिम लोकमार्गको सलकपुर खण्डमा ५५ बर्षिय बलराम माझिको निधन भएको विषयलाई लिएर सोमवार दिउँसो सडक अवरुद्ध भएको छ ।
सलकपुर शसस्त्र प्रहरी क्याम अगाडि अन्दाजी ११ बजे राति आइतवार घटना भएको थियो । प्रहरीले थाहा नपाएको तथा दुर्घटना गराएर सवारी साधन फरार भएको भन्दै यथाशीघ्र सत्यतथ्य छानबिन गरि दोषिलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गर्दै नारावाजी समेत गरेका थिए ।
सोमवार दिउँसो करिब २ बजे देखि भएको सडक अबरुद् केही समय पछि खुलेको थियो । स्थानिय राजनितिक दल, जनप्रतिनिधी तथा प्रहरीको अनुरोध पश्चात दुर्घटना गराएर फरार भएको सवारी साधन तत्काल खोज्ने तथा दोषीलाई कार्वाही गर्ने वार्ता भए पछि केही बेर भएको सडक अवरुद्द खुलेको इलाका प्रहरी कार्यलय बेलवारीले जनाएको छ । घटनाको अवस्था हेर्दा सवारी साधनले ठक्कर दिएर दुर्घटना गराएको अनुमान गरिएको साथै सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुन्दरहरैंचामा मृतकका आफ्न्त तथा स्थानीयद्वारा सडक अवरुद्व
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


