ठमेलमा अवैध चिनियाँ रक्सी कारखानामा अपराध महाशाखाको छापा

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठमेलस्थित ज्याठामा अवैध रुपमा सञ्चालन भइरहेको (लोकल) घरेलु मदिरा कारखानामा छापा मार्दा एकजना चिनियाँ नागरिक पक्राउ परे। पक्राउ परेका चिनियाँ नागरिक लामो समयदेखि नेपालमा बसेर अवैध काम गर्ने गरेको खुलेको छ।

सरकारी अनुमतिबिना ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि जिहुईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानको क्रममा जिहुईले पाँचतले घर भाडामै लिएर (लोकल) घरेलु मदिरा उत्पादन गर्दै आएको खुलेको छ।

पर्यटन भिसामा नेपाल आएका जिहुईले लोकल रक्सी उत्पादन कारखाना चलाएको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले बताए। उनले भने, ‘ती चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेका थिए।’

अवैध लोकल रक्सी सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर प्रहरीले करिब १० हजार लिटर मदिरा बरामद गरेको छ। बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागि बुझाइने महाशाखाले जनाएको छ।

चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, रातो हरियो रङको ८० लिटरको प्लाष्टिक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ड्रम ११३ थान बरामद भएको महाशाखाले जनाएको छ।

चिनियाँ नागरिक जिहुईले सोही घरमा होटल पनि सञ्चालन गरेका थिए। ‘होटल स्वीट ठमेल होटल एण्ड रेष्टुरेन्ट’ काठमाडौं महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ। महाशाखाले उक्त रेष्टुरेन्ट पनि सिल गरेको छ।

महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीको टोलीले छापा मारेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..