एसपी पाण्डेको अर्को सफलता : ९ किलो ७ सय ग्राम चाँदीको अवैध गहनासहित दुई पक्राउ

लहान । चाँदीको अवैध गहनासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का २८ वर्षीय मनप्रसाद गदाली र सिरहाको गोलबजार नगरपालिका–३ का २७ वर्षीय श्याम विक रहेको प्रहरीले जनाएको छ । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट दुवैजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका गदाली र विकको साथबाट करिब ९ किलो ७ सय ग्राम चाँदीजस्तो देखिने धातुका गहना बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलिले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको एसपी पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..