निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा जाने उपसचिव श्रेष्ठमाथि कारवाही सुरु

काठमाडौं । केही दिनअघि स्वयम्भूमा प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो ।त्यसपछि उक्त गाडीसहित जाने जोडीको पहिचान अघि बढाइयो ।

पहिचानका क्रममा युवती लिएर जाने सरकारी कर्मचारी फेला परे । कर्मचारी शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठ थिए । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा रमाउने श्रेष्ठलाई गृह मन्त्रालयले कारवाही गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै अनुसन्धान गरी श्रेष्ठलाई कारवाहीसहितको वरण समेत पठाउन निर्देशन दिइएको छ ।पत्रप्राप्त भएसँगै अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ । गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख तथा उपसचिव श्रेष्ठ युवती लिएर स्वयम्भू पुगेका थिए ।

निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भु पुगेका प्रेमजोडीबीच प्रेमालापमा रमाइरहेको भिडियो सार्वजनिक भएपछि उक्त भिडियो भाइरल बनेको थियो ।सार्वजनिक भएको भिडियोमा प्रेमजोडीको अनैतिक कार्य पनि भएको देखिएको छ ।

भिडियोमा उपसचिव श्रेष्ठसँग रमाइरहेकी युवती सहरी विकास विभागमै कार्यरत इन्जिनियर रहेको बताइएको छ ।प्रशासनले अहिले यस विषयमा विस्तृत अनुसन्धान बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..