कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अबैध मदिरा सहित गाँजाका बोट नष्ट गरेको छ । कञ्चनपुरमा खटिएको प्रहरी टोलीले बिशेष अप्रेशन संचालन गरी भिमदत्त नगर पालीका ६ ऐठपुरको तिलाचौर सालघारीमा आफै उम्रेका गाँजाका बोट फडानी गरेको छ ।
यस्तै सोही क्षेत्रबाट अबैध रुपमा लुकाई छिपाई राखेको घरेलु मदिरा २४ लिटर र मदिरा बनाउन प्रयोग हुने १६ सय ६५ लिटर कच्चा पदार्थ नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिइएको मदिरा स्थानिय जनप्रतिनिधी, समाज सेवी, बुद्धिजिवीको रोहबरमा नष्ट गरिएको जनाइएको छ ।


