एसपी सुदिप राज भण्डारीको सक्रियताले : सिरहाबाट बेपत्ता बालक भारतको मधुवनीबाट सकुशल उद्दार

सिरहा । सिरहामा बेपत्ता भएका २ बर्षको बालक ४८ घण्टापछि सकुशल फेला परेका छन्। मंगलबार राती साढे ८ बजे घरको बरण्डाबाटै बेपत्ता भएका सिरहा नगरपालिका वडा नम्बर – १ डुम्बाखाताका प्रदिप यादव र संगीता कुमारी यादवका छोरा प्रियांसु यादव बिहिवार बेलुका ७ बजे भेटिएका हुन्।

सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदिप यादवको २ वर्षीय छोरा प्रियांसु आफनै घरको बरान्डामा खेलीरहेको अवस्थामा मंगलबार राति साढे ८ बजे बेपत्ता भएका थिए। बालक बेपत्ता भएलगतै परिवारजनले सिरहा प्रहरीलाई खबर गरेका थिए। परिवारजनले बालकको अपहरण भएको आशंका गरेका थिए ।

खोजतलासको क्रममा बिहीबार साँझ भारतको मधुवनीमा सकुशल भेटिएका बालक प्रियान्सुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई बालकको आमा संगिता कुमारी यादवलाई जिम्मा लगाई पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सुदिप राज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..