मानन्धर हत्याकाण्डमा संलग्न हरि वली र विवाद पाठक बाँके प्रहरीको फन्दामा

बाँके ।नेपालगंज उपमहानगरपालिका वडा नम्बर –८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका वडा नम्बर –१२ सुर्खेत रोडबाट सोमबार साँझ बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन् ।

मानन्धरलाई पूर्व रिसीईवी लिई रिगल ढकाल समूहले धारिलो हरियार खुडा प्रहार गरी २०७२ आसार २८ गते हत्या गरेको थियो । उच्च अदालत तुल्सीपुर नेपालगंजको २०७६ फागुन २८ गते फैसलाले जन्म कैद सजाय भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नेपालगंज लगायत बाँके जिल्लामा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा भएको विवादको कारण मृख्य योजनाकार बाँके साविक नेपालगंज–५ बस्ने योग ढकाल भन्ने रिगल ढकाल समेतले नेपालगंज सुर्खेत रोडस्थित होटल स्वस्तिक होटल नजिक एक्लै रहेको अवस्थामा खुँडा प्रहार गरी मानन्धरको हत्या गरेका थिए ।

घटनामा संलग्न १५ जनामध्ये हालसम्म पक्राउ परेका १२ जना पक्राउ परेका छन् भने फरार ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..