विरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङबाट २ लाख लुटियो

काठमाडौं । बानेश्वरको सिभिल अस्पतालमा विरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङमार्फत लुटपाट भएको छ । गत ९ पुसमा सुशीलकुमार प्याकुरेल श्रीमतीलाई उपचार गराउन गाइनो वार्डमा बसेर राति निदाएका बेला मोबाइल लगेर लुटपाट भएको हो ।

प्रकरणमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले शुक्रबार पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा सप्तरी घर भइ बानेश्वर बस्ने सुरेन्द्रप्रताप कुशवाह र भिमसेनगोला घर भइ ललितपुरको गोदावरी बस्ने पालसाङ लामा छन् ।

बस्नेतका अनुसार चोरी अभियोगमा पटकपटक पक्राउ परेर छुटेका कुशवाहले प्याकुरेल निदाएको बेला चार्जमा राखिएको मोबाइल चोरी गरेका थिए । र, मोबाइल खोलेर ई–बैंकिङको पासवर्ड रिसेट गरी दुई लाख ४ हजार रुपैयाँ ९८१७८०९०८८ नम्बरको ई–सेवामा लोड गरेका थिए ।

‘जम्मा रकममध्ये एक लाख एनआईसी एसिया बैंकमा रहेको लामाको खातामा ट्रान्सफर गरेको देखिएको छ’, बस्नेतले अनलाइनखबरसँग सुनाए, ‘पेशाले इलेक्ट्रिकल इञ्जिनियर रहेका उनले पनि कुशवाहको चोरी धन्दामा साथ दिने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार लामाले चोरीका ल्यापटप लगायतका सामग्रीको पार्टपुर्जा निकालेर बिक्री गर्न सघाउने गरेको पाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..