संसद विघटनविरुद्ध विप्लव समूहसहित चार दलको संयुक्त मोर्चा गठन

काठमाण्डाै – संसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन ।

विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाउने निर्णय गरेका हुन् ।

विदेशी शक्तिको आड भरोसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको र नागरिकका हकअधिकार कुल्चन खोजेको भन्दै मोर्चाले संयुक्त रुपमा संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटनको कदम नेकपाभित्रको विवादसँग मात्रै सम्बन्धित नभएर संसदीय व्यवस्था नै असफलताको उदाहरण रहेको पनि विप्लव समूह र अन्य पार्टीको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..