कांग्रेस महाधिवेशन : सभापतिको उम्मेदवारी शुल्क ४० हजार, महामन्त्रीको ३० हजार !

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि पदअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।

कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।त्यसैगरी असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..