भोक्राहा मोडेल चोकमा रुख ढल्दा मोटरसाइकल दुर्घटनामा

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित महेन्द्र राजमार्गअन्तर्गत भोक्राहा मोडेल चोक नजिकै सडकमा रुख ढल्दा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेको छ।

तरकारी लोड गरेर आउँदै गरेको मोटरसाइकलमाथि रुख ढलेपछि मोटरसाइकलमा आंशिक क्षति पुगेको बताइएको छ। चालक भने सुरक्षित रहेको जनाइएको छ।

रुख ढलेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अहिले रुख हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..