डिआईजी ओम अधिकारीद्वारा Operational Readiness अभ्यास सहितको अनुगमन तथा निरीक्षण

लहान । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीले आज मधेश प्रदेश प्रहरी गण, जनकपुरधाम धनुषामा नियमित रूपमा सञ्चालन हुने भिड नियन्त्रण सम्बन्धी Operational Readiness (कार्यसञ्चालन तत्परता) अभ्यासको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ ।

डीआईजी अधिकारीले गणमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रदर्शन गरेको भिड नियन्त्रण र सुरक्षा रणनीतिसम्बन्धी प्रयोगात्मक अभ्यास (मकट्रील) को प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।

अनुगमनका क्रममा उहाँले प्रहरी टोलीको भौतिक अवस्था, प्रशासनिक व्यवस्थापन र कार्यदक्षता चुस्त राख्न आवश्यक सल्लाह-सुझाव तथा निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..